उर्जामन्त्री पुन र चिनियां राजदूतबीच भेट : उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल


काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र बजार विस्तारको लागी पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागी पहल गरिदिन आग्रह गरे । उनले सरकारले जलविद्युतको लागी भारत र वंगलादेशमा बजारको लागी पहल जारी राखेको जानकारी समेत दिए ।

‘नेपालमा जलविद्युत क्षेत्रमा नयां सम्भावना छ, लगानी र बजार विस्तारका लागी हामी पहल गरिरहेका छौं, भारत र वङगलादेशसंग समेत यस बारेमा छलफल भइरहेको छ । यसमा चिनियां लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ’ मन्त्री पुनले भने ।

मन्त्री पुन र चिनियां राजदूतबीच नेपालमा चिनियां कम्पनीहरुले भोगिरहेका समस्या र समाधानका उपायबारे छलफल भएको थियो ।  राजदूत यान्छीले चिनियाँ कम्पनिले भोगेका समस्याहरुको बारेमा जानकारी दिंदै त्यसबारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन् ।

उनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको ‘त्रिशुली ३ ए’ जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्नको लागी समन्वय गरिदिन आग्रह गरे ।

मन्त्री पुनले दुधकोशी जलविद्युत आयोनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजाना सम्पन्न गर्नको लागी थप २ खर्व अपुग भएकोले चिनियां सहयोगको लागी पहल गरिदिन आग्रह गरे ।

भेटमा राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको जानकारी दिइन् ।

उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियँँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिइन् ।

राजदूत यान्छीले भनिन्, ‘चीन नेपालको सांच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागी पहल गरिरहेको छ । ’

चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिषा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेको चिनियां राजदूतको भनाई थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हाल स्थिर सरकार रहेको र अरु चार वर्ष सरकारसंग समय रहेको भन्दै यो अवधीमा नेपालले बढीभन्दा बढी उपलव्धी हासिल गर्छ भन्नेमा आफु आशावादी रहेको धारणा राखिन ।

मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै मुलुकको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement