उर्जा मन्त्री पुनले कर्मचारीलाई निर्देशन दिँदै भने-उज्यालो नपुगको २४ प्रतिशत ठाउँमा जानुस्


काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको २४ प्रतिशत उज्यालो नपुगको ठाउँमा गएर परीणाम निक्लनेगरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलबार बैकल्पिक उर्जा केन्द्रको निरीक्षणपछि उनले कर्मचारीलाई सो निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सेवाग्राहीले सेवा प्राप्त गर्ने सकेको अनुभूति गर्ने गरि काम गर्न निर्दशन दिँदै भने, ‘लाभग्राहीले सेवा पाएको महसुस गर्नेगरि काम गर्नुस् । र हरेक काम पारदर्शी बनाउनुस् । ‘

उनले अबको विकाश जनसहभागितामुलक हुने र दिगो हुने पनि बताए ।

उनले मुलुकको समृद्धिमा उर्जा क्षेत्रको महत्वपूर्ण स्थान भएको बताउँदै उर्जामा आत्मनिर्भर हुन र उर्जा अायतलाई घटाउने नै मुख्य रणनीति हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement