राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा


काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् ।

आज बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा दिएकी हुन् ।

उपाध्यक्ष अर्याल माओवादी केन्द्रबाट २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन् । नयाँ सत्ता समीकरणमा पदको भागबण्डाका कारण उनले राजीनामा दिएकी छन् ।

माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष बनिसकेकाले उपाध्यक्ष पद नेकपा एमालेको भागमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement