राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत


काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा उनले पदबाट दिएकोे राजीनामा स्वीकृति गरिएको जानकारी दिए ।

उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी हुन् । अध्यक्ष दाहालले बैठकमा भने, ‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभासमक्ष जानकारी गराउँदछु ।’

नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष रहेकी अर्यालले नयाँ सत्ता समीकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी थिइन् ।

सत्तारुढ गठबन्धनमा उपाध्यक्ष पद नेकपा एमालेले पाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement