उर्मिला मातोण्डकर शिवसेनामा प्रवेश, भनिन्ः कंगनालाई अनावश्यक स्थान दिन जरुरी छैन


एजेन्सी – भारतीय नायिका उर्मिला मातोण्डकरले नायिका कंगना रनावतलाई अनावश्यक महत्व दिएको बताएकी छन् ।

गतबर्ष कांग्रेस पार्टी छाडेकी उर्मिलाले शिवसेनामा प्रवेश गरेपछि पार्टीले कंगनालाई अनावश्यक महत्व दिइएको बताएकी हुन् । उनले कंगनालाई अनावश्यक महत्व दिइएको भन्दै उनलाई यति ठूलो स्थान दिन आवश्यक नरहेको बताइन् ।

साथै उनले आफुले शिवसेना प्रवेश गर्नुकबो कारणसमेत बताइन् । उर्मिलाले शिवसेनाका अध्यक्ष उद्धव ठाकरेको नेतृत्व र उनको कामबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताएकी छन् ।

उनले भनिन्, ‘म शिवसेनाका अध्यक्ष उद्धव ठाकरेको नेतृत्व र उनको कामबाट प्रभावित छु । पार्टीमा प्रवेश गर्नु अगाडि मलाई उद्धव ठाकरेले फोन गरेका थिए ।’

प्रतिक्रिया दिनुहोस
Advertisement