प्रधानसेनापति भेट्न अमेरिकी राजदूत सैनिक मुख्यालय पुगे


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा शुक्रवार भएको शिष्टाचार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

अमेरिकी राजदूत बेरी पछिल्लो समय सक्रिय भएका छन् । उनले यसअघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गरेका थिए । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएसंगै उनका नितिहरुको बारेमा जानकारी दिन बेरीले भेटघाट बढाएका हुन् ।

सेनाले यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement