नेपालस्थित अमेरिकी राजदूत परिवर्तन, ट्रम्पले दिए बेरीलाई जिम्मेवारी


काठमाडौं–अमेरिकाले नेपालका लागी अमेरिकी राजदूत परिवर्तन गरेको छ । हाल अमेरिकी राजदूत रहेकी अलाइना टेप्लिजको ठाउमा अमेरिकाले नयां राजदूतलाई जिम्मेवारी दिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले नयां विदेशमन्त्री परिवर्तन गरेसंगै नेपालका लागी अमेरिकी राजदूत समेत परिवर्तन भएको हो ।

राष्ट्रपति ट्रम्पले काठमाडौंस्थित अमेरिकी दूतावासमा यसअघि उपनियोग प्रमुख भइसकेका र्याण्डी बेरीलाई नेपालका लागी राजदूत नियुक्त गरेका हुन । उनि तीन वर्ष समलिंगी,तेस्रोलिंगी र लैगिंक अधिकारका निमित्त विशेषदूतका रुपमा कार्यरत थिए ।

हाल बेरी एसिसटेण्ट सेक्रेटरीका रुपमा प्रजातन्त्र,मानवअधिकार र श्रम ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement