काठमाण्डु- नयाँ सरकार गठन भएको एक महिना नबित्दै अमेरिकाबाट उच्चस्तरीय कूटनीतिज्ञ सोमबार नेपाल आएको छ ।
अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री समीर पाल कपूर सोमबार तीनदिने भ्रमणका लागि नेपाल आएका हुन् । उनी आज बिहान सवा ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको स्रोतको भनाइ छ ।
नेपालमा बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि नेपाल आउने कपूर पहिलो उच्चस्तरको कुटनीतिज्ञ हुन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाअनुसार कपूर नयाँ सरकारलाई बधाई दिन र काठमाण्डुको प्राथमिकता बुझ्न आएका हुन् । साथै, वाशिङ्टनले नेपालसँग कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश पनि उनीमार्फत दिइनेछ । कपूरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि साथमा छन् ।
नेपाल बसाइँका क्रममा कपूरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल–अमेरिका वाणिज्य संघका पदाधिकारीहरूसँग भेट गर्नेछन् । तर प्रधानमन्त्री शाहसँग पनि उनको भेटबारे केही बताइएको छैन ।




प्रतिक्रिया