अमेरिकी नेतृत्वमा सिरियामा हमला : बेलायत र फ्रान्सको साथ, रसिया र चीनको विरोध


काठमाडौ‌ – अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा मिसाइल आक्रमण गरेका छन्। गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको हो।

संयुक्त सुरक्षा फौजले सिरियाली सैन्य अखडालाई निसाना बनाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। सिरियामा सन् २०११ देखि चलिरहेको गृहयुद्धमा अमेरिकालगायत देश विद्रोहीको पक्षमा छन् भने रसिया र इरान राष्ट्रपति बसर असदको पक्षमा छन् । आक्रमणले सिरियाको रासायनिक ठेगाना ध्वंस भएको अमेरिकी दाबी छ।

अमेरिकी गठबन्धनले प्रहार गरेका १०३ मध्ये ७१ क्षेप्यास्त्र सिरियाली सेनाले खसालेको रसियाली रक्षा मन्त्रालयले जनाएको छ । क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ ।

सिरियामा कति भयो क्षति?
आक्रमण शनिबार बिहानबाट सुरु भएको थियो । राजधानी सहर दमास्कस र होम्सवरपरका क्षेत्रहरूमा विस्फोटका ठूला आवाज सुनिएको र आकाशमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो क्षति भएको अनुमान छ । आक्रमणमा सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालयवरपरका क्षेत्रलाई लक्ष्य बनाइएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हमलामा कम्तीमा तीन स्थानलाई निसाना बनाइएको जानकारी दिएका छन् । शनिबार दमास्कसको मुख्य चोकमा सर्वसाधारण भेला भएर राष्ट्रपतिको समर्थनमा नारा लगाएका थिए। उता, रसियाको आग्रहमा सुरक्षा परिषद् स्थायी समितिको आपत्कालीन बैठक बसेको छ । बैठकमा रसियाले आक्रमणको निन्दा गर्नुपर्ने प्रस्ताव राखेको छ भने अमेरिकाले भने सिरियाले आक्रमण आफै निम्त्याएको टिप्पणी गरेको छ।

मिसन सानदार रूपमा पूरा
डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति
गत रातिको हमला असाधारण रूपमा सम्पन्न भएको छ । असाधारण विवेक र सैनिक शक्तिका लागि संयुक्त अधिराज्य बेलायत र फ्रान्सलाई धेरैधेरै धन्यवाद । विकल्प योभन्दा अर्को थिएन । मिसन सानदार रूपमा सफल भएको छ ।

बेलायतको साझेदारी
बेलायतकी प्रधानमन्त्री थेरेसा मेले सिरियामा सेना परिचालनको विकल्प नभएको भन्दै कारबाहीमा बेलायत संलग्न भएको पुष्टि गरेकी छिन् । सो कारबाही सिरियामा ‘सत्ता परिवर्तन’सँग सम्बन्धित नरहेको उनले स्पष्ट पारेकी छिन् । हमलाले सिरियाली नागरिकलाई रासायनिक अस्त्रहरूबाट जोगाउने दाबी प्रधानमन्त्री मेले गरिन् ।

इजरायलले गर्‍यो स्वागत
हमलाको इजरायलले स्वागत गरेको छ । ‘सिरिया घातक गतिविधिमा संलग्न भइरहेकाले उसमाथिको आक्रमण अपरिहार्य थियो, यो हमलाको हामी स्वागत गर्छौँ । सिरियाली सत्तालाई ठेगान लगाउने उपाय यही हो,’ इजरायली विदेश मन्त्रालयको विज्ञप्ति ।

परिणाम भोग्नुपर्नेछ
भ्लादिमिर पुटिन, रसियन राष्ट्रपति
पूर्व्निर्धा्रित योजनाअनुसार हमला भएको छ । यसको परिणाम सम्बन्धित सबैले नभोगी सुख हुनेछैन । अन्तर्रा्ष्ट्रिय सम्बन्ध र कानुनविपरीत सिरियामा आक्रमण भएको छ । हामी राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठकको माग गर्दछौँ ।

चीनद्वारा हमलाको विरोध
चिनियाँ विदेश मन्त्रालयले भनेको छ–अन्तर्रा्ष्ट्रिय सम्बन्धमा बल प्रयोगको चीनले विरोध गर्दै आएको छ । हामी कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको स्मरण गराउन चाहन्छौँ । बल प्रयोगले समस्या समाधान गर्नेछैन, कानुनको दायरामा फर्किन सबैलाई आग्रह गर्दछु ।

इरानले गर्‍यो विरोध
म खुला रूपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्र«पति र बेलायतका प्रधानमन्त्री अपराधी हुन्, यो अपराध तत्काल रोक्न दबाब दिनका लागि मुस्लिम देश र विश्व एकजुट हुनुपर्छ स् इरानका सर्वोच्च नेता आयातोल्ला खमेनी ।

प्रतिक्रिया दिनुहोस
Advertisement