काठमाण्डु आइपुग्यो अमेरिकी सेनाको जहाज


काठमाण्डु- अमेरिकी सेनाको जहाज सोमबार काठमाण्डुमा ओर्लिएको छ ।

सोमबार काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो ।  अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत काठमाण्डु आइपुगेको जनाइएको छ ।

साे टोलीमा शिक्षार्थी छ जना र चालक दलका १० जना रहेका छन् । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको टोली काठमाण्डु आइपुगेको हो ।

 उक्त तालिम मंगलबारबाट सुरु हुने भएको छ । काठमाण्डुको छाउनी र भक्तपुरको नगरकोटमा हुने सैनिक अभ्यासमा नेपाली सेनावाट ८० र अमेरिकी सेनावाट १६ जना सहभागी हुनेछन् । अभ्यास १६ सेप्टेम्बरमा सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement