काठमाण्डु आइपुगिन् अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाण्डु आइपुगिन् अमेरिकी उपविदेशमन्त्री रोजर्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आएकी छन् ।

नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘द एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी शनिबार राति काठमाण्डु आइपुगेकी हुन् । ‘द एसेन्ट समिट २०२६’ होटल अलाफ्टमा जारी छ ।

काठमाण्डुस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले जेठ ६ गते सगरमाथा आरोहण गरेको उपलक्ष्यमा काठमाण्डुस्थित अमेरिकी दूतावासले ‘द एसेन्ट समिट २०२६’ को आयोजना गरेको हो ।

हार्कर नेपालमा कार्यरत कूटनीतिज्ञहरूमध्ये सगरमाथा आरोहण गरेको पहिलो कीर्तिमान बनाएका हुन् । सोही उपलक्ष्यमा दूतावासले उनको सम्मानमा जेठ विशेष समारोह आयोजना गरेको छ । कार्यक्रममा सगरमाथा आरोही हार्करलाई सम्मान गरिनेछ ।

भ्रमणका क्रममा उनले पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषअन्तर्गतका सातवटा सम्पदा स्थलहरूको अवलोकन गर्नेछिन ।

वर्तमान सरकार गठन भएपछि अमेरिकाबाट भएको यो उच्च तहको भ्रमण हो । रोजर्सको भ्रमणलाई नेपाल–अमेरिका सम्बन्धको दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।