अमेरिकामा ६४ यात्रु सवार विमान दुर्घटना

अमेरिकामा ६४ यात्रु सवार विमान दुर्घटना


काठमाण्डु- अमेरिकाको राजधानी वाशिङ्टन, डीसी नजिकै रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको छ ।

अमेरिकन एयरलाइन्सले सीएनएनलाई दिएको जानकारीअनुसार उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार छ । यात्रुवाहक विमान कन्सास सिटीबाट राजधानीतर्फ जाँदै गर्दा हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको छ । विमान अवतरण गर्ने क्रममा आकस्मिक दुर्घटना भएको हो ।

विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र अवतरण रोकिएका छन् । विमान र हेलिकप्टरका भग्नावशेष नदीमा खसेका छन् ।

दुर्घटनापछि खोजी तथा राहत कार्य जारी छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुर्घटनाबारे जानकारी दिइएको पुष्टि गरेकी छिन् ।

घटनामा हालसम्म कुनै मृत्यु वा घाइतेको जानकारी आएको छैन, तर विमानस्थलबाट उडान र अवतरण सबै रोकिएको छ ।