अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता, ट्रम्पले भने ‘सिरियामा क्षेप्यास्त्र हान्न सकिन्छ’


इस्तानबुल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ । उनीरुबीच सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि के कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।

टर्किस् राष्ट्रपतिको कार्यालयले उक्त टेलिफोन वार्ता भएको जानकारी दिएको छ । उक्त जानकारीका अनुसार सिरियामा जारी पछिल्लो प्रगतिका बारेमा उहाँहरुबीच फोनमा कुराकानी भएको बताइएको छ तर यसको पूर्ण जानकारी भने दिइएको छैन । उक्त कुराकानीको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै धम्की दिएको एक दिनपछि यो फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

उता टर्किस् प्रधानमन्त्री बिनाली यिल्दीरीमले पछिल्लो समयमा सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच वाकयुद्ध सुरु भएको भन्दै यस्तो द्वन्द्व रोकेर आवश्यक शान्तिपूर्ण कारबाहीका लागि आग्रह गर्नुभएको थियो ।  अमेरिका र टर्की नजिकका नेटो सैन्य सहयोगी गठबन्धनका सदस्य राष्ट्र हुन् । तर पछिल्ला केही समयमा भने यी राष्ट्रहरुबीच केही आन्तरिक मुद्दाका कारण असहमझदारी विकास हुदै गएको बताइन्छ ।

ट्रम्पले भने ‘सिरियामा क्षेप्यास्त्र हान्न सकिन्छ’

उता अमेरिकी राष्ट्रपति ट्रम्पले भने सिरियामा क्षेप्यास्त्रहरू प्रहार गर्न सकिने चेतावनी दिएका छन् ।  गतहप्ता सिरियामा भएका केही हमलाहरुमा पनि रासायनिक हतियारको प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताउएका थिए ।

उनले त्यसका लागि तयार रहन रुसलाई पनि धम्की दिएकाे दावी समाचारमा गरिएकाे छ । यसलाई रुसले पनि अमेरिकाको धम्कीका रुपमा लिएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच पनि असमझदारी बढ्दै गएको छ । सिरियामा गएका केही समयमदेखि जारी रहेको रासायनिक हतियार हमलामा रुसले सघाएको अमेरिकी आरोप छ ।

तर उता सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आउनुभएको छ । सिरियामा काम गरिरहेका अमेरिकी मेडिकल अधिकारीसहित सिरियालीमा पनि रासायनिक पदार्थका कारणले देखापर्ने लक्षणहरू देखिएको बताएका छन् ।

त्यसैगरी विश्व स्वास्थ्य संगठनले पनि यसरी सरकारी सैन्यले गरिरहेको भनिएको रासायनिक हतियार हमलाबाट ज्यान गएको स्थानमा बिना कुनै अवरोध स्वास्थ्य अधिकारीहरुलाई जाने पहुँच दिनुपर्ने माग गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement