प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच भेट

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल भ्रमणमा रहेका अमेकिरी व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच दुई देशको द्विपक्षीय हितका विषयमा छलफल भएको हो ।

एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्च स्तरीय भ्रमण हो ।

उपविदेशमन्त्री बर्माले नेपाल बसाइका क्रममा सरकारी अधिकारीहरू र व्यवसायीहरूसँग भेट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

एक दिने बसाइका क्रममा उपविदेशमन्त्री बर्माले नेपाली चियाविज्ञहरूसँग पनि अन्तरक्रिया गर्नेछन् भने युएसएआईडीका कार्यक्रमका साझेदारहरूसँग पनि छलफल गर्नेछन् । उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्क पनि छन् ।

उनी भोलि बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका पूर्वअमेरिकी राजदूत पनि हुन् ।