संकटको समयमा एक्लिदै अमेरिका,चीनले नेतृत्व लिएकोमा अमेरिकामा चिन्ता !


अमेरिकी प्रतिद्वन्द्वीहरुले कोरोनाभाइरसबाट प्रभावित भएका मुलुकहरुलाई सहयोगको भावना देखाउदै आएका छन् । तर आफ्नै मुलुकमा भाइरसलाई नियन्त्रण गर्ने प्रयासमा रहेको अमेरिका विदेशमा आफ्नो परम्परागत नेतृत्व गुमाउने अवस्थामा देखिएको विश्लेषकहरुले बताएका छन् ।

संकटको समयमा विश्वले सर्वाधिक धनी र सर्वाधिक शक्तिशाली मुलुकबाट आश गर्ने गर्छन् । तर यस्तो अवस्थामा यसको सट्टा अमेरिका सेल्फ आइसोलेशनको आफ्नै स्वरुपमा केन्द्रीत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्रासको कठोर अवस्थालाई कम आकिरहेका छन् र वरिष्ठ अमेरिकी अधिकारीहरु आफू–आफैबीच कुरा काटेर बसिरहेका छन् ।यसको तुलनामा अमेरिकी प्रतिद्वन्द्वी मुलुक विशेषगरी चीन र केही हदसम्म रुसले पनि प्रभावित मुलुकहरुलाई सहयोगको प्रस्ताव गरिरहेका छन् । यस किसिमको सहयोग अमेरिकाले दोस्रो विश्व युद्धको समयमा पूरा गर्ने गरेको थियो ।

चिनियां चिकित्सा उपकरण, मास्क र सुरक्षात्मक सामग्री बोकेका विमानहरु पुर्वी एसिया र एसीयाली मुलुकका साथै इटाली, स्पेन, नेदरल्यान्ड्स, युक्रेन, इरान र इराकमा ओर्लिरहेका छन् । एसियाकै धनी व्यक्ति भनेर चिनिने ज्याक माले अफ्रिकाका ५४ मुलुकलाई टेस्ट किट, मास्क र सुरक्षात्मक पोशाक सहयोग गरेका छन् ।

अफ्रिकाका राज्य प्रमुखहरुले सामाजिक संजालमा उनलाई धन्यवाद दिइरहेका छन् र त्यहांका चर्चित अखबारहरुले पनि उनीमाथि आभार व्यक्त गरिरहेका छन् । चाइना–अफ्रिका प्रोजेक्टका प्रबन्ध सम्पादक इरिक ओल्यान्डर भन्छन् ‘आज यो महादेशभरीको बुझाई भनेको अमेरिकाले आपूर्ति गर्दै आएको सार्वजानिक सामग्रीको आपूर्ति चीनले गर्न थालेको छ ।’ कोरोनाभाइरसको मुद्धामा विश्वका बांकि मुलुकसंग अमेरिकी सम्बन्ध भनेको अमेरिकाले यो नयां भाइरसलाई चिनियां भाइरस भन्नु मात्रै रहेको र यो चीनले पैmलाएको भन्नु मात्रै रहेको छ ।

बुधबार जी–७ मा अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले यसलाई वुहान भाइरस भन्ने विषयमा जोड दिएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि जी–२० को भर्चुअल समीटमा बिहीबार सहभागिता जनाएका थिए । जसले अन्तर्रा्ष्ट्रिय अर्थतन्त्रमा ५० खर्ब डलरको प्रवाह गर्ने र खोप पत्ता लगाउने विश्वव्यापी प्रयासका लागि कोष स्थापना गर्ने विषयमा सहमती जनाएको थियो । यसमा कति योगदान गर्ने भन्ने विषयमा अमेरिकी सरकारले हालसम्म केही पनि बताएको छैन ।
‘अन्तर्रा्ष्ट्रिय संकटको समयमा अमेरिकामाथि सधैभरी अन्य मुलुकले नेतृत्वको आश गर्ने गरेका थिए । हाल कुन मुलुकले अमेरिकाको आश गरिरहेका छन् ? कसैले पनि छैन । ’ लन्डनस्थित रोयल युनाईटेड सर्भिसेस इन्सटिच्यूटका एलिजाबेथ ब्राले बताएकी छन् ।

२०१४ को इबोला भाइरसको समयमा यूएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टका (युएसआईडी) प्रमुखको भूमिका निभाएका राजीभ शाहले नेतृत्वमा अमेरिकासंग अन्तर्रा्ष्ट्रिय समन्वयको आवश्यकता औल्याएका छन् । यो सबै अमेरिकाको हुनुपर्ने र सबै विश्वको हुनुपर्नेमा शाहले जोड दिएका छन् ।इबोलाको समयमा यस किसिमको गठबन्धनका नेतृत्व सधै अमेरिकाले गरेको थियो । उनले भने‘यो हाम्रो स्रोत हो, हाम्रो विज्ञता हो । हाम्रो क्षमता र विश्वमा हाम्रो अवस्थाले हामीलाई त्यसो गर्नका लागि अनुमती दिन्छ । तर आज यस्तो भइरहेको छैन ।’

कोरोनाभाइरस बिरुद्धको लडाईमा अमेरिका संलग्न नहुनु भनेको विश्वबाट अलगिनु हो । पेरिस जलवायु सम्झौतादेखि बहु किसिमका व्यापारिक सम्झौतासम्म ट्रम्प प्रशासनले दसकौदेखिको अमेरिकी नेतृत्वलाई आघात पु¥याएको छ । तर संकटको यो कठोर घडीमा अमेरिकी अनुपस्थितिले उसको अडानमा स्थायी रुपमा असर पार्न सक्छ । यसले बढ्दो चीनलाई व्यापक विश्वव्यापी प्रभाव पार्नका लागि धरातल उपलव्ध गराएको विश्लेषकहरुले बताएका छन् ।

इटालियन इन्सटिच्यूट अफ इन्टरनेशनल अफेयर्सकी प्रमुख र युरोपियन युनियन लिडर्सकी पूर्व विदेश नीति सल्लाहकार रहेका भनिन् ‘के यो अन्तर्रा्ष्ट्रिय व्यवस्थामा साच्चै नै फरक विन्दु त आएको होइन भन्ने विषयमा मलाई अचम्म लागेको छ । ’

चीनमा महामारी चुलिएको जनवरीको अन्त्यतिर अमेरिकी सरकारले १७ टन भन्दा बढी चिकित्सा उपरकण पठाउने बताएको थियो । फ्रेबअरीको सुरुमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनलाई थप १० करोड डलरको सहयोगको घोषणा गरेका थिए । यसपछिको विज्ञप्तिमा स्टेट डिपार्टमेन्टले आफ्नो यो घोषणालाई संशोधन गर्दै सहयोग उच्च जोखिम भएका विकासशील मुलुकमा जाने बताएको थियो । यसमा चीनलाई कतै पनि उल्लेख गरिएको छैन ।

गत साता चीनले अमेरिकाबाट १ डलरको सहयोग पनि नपाएको उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठन र अन्य बहुआयामिक संस्थाहरुलाई त्यस्तै १० करोड डलरको सहयोगको प्रतिबद्धता जनाइएको यूएसएडकी निमित्त प्रवक्ता पुजा झुनझुनवालाले बताइन् । यो प्रत्यक्ष सहयोग २५ मुलुकले प्राप्त गर्ने भएका छन् । यस मध्ये धेरै मध्य र दक्षिणपूर्वी एसियाका रहेका छन् । प्रतिबद्धता जाहेर गरिएको यो सहयोग विश्वमा अदृश्य जस्तै भएको छ ।
वासिङटन पोष्टबाट भावानुवाद

प्रतिक्रिया दिनुहोस
Advertisement