रुसमाथि आक्रमण गर्न बाइडेनले युक्रेनलाई दिए अनुमति

रुसमाथि आक्रमण गर्न बाइडेनले युक्रेनलाई दिए अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिका राष्ट्रपति जो बाइडेनले रुसमाथि आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका छन् । यसका लागि अमेरिकाले उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई ‘ग्रीन सिग्नल’ पनि दिएका छन् । एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई यो कदम अमेरिकी नीतिमा ठुलो परिवर्तन भएको पुष्टि गरेका हुन् ।

महिनौँदेखि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एटीएसीएमएस भनेर चिनिने मिसाइलहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका थिए । अब युक्रेनले आफ्नै सिमाना बाहिर मिसाइल प्रहार गर्न अनुमति पाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि पश्चिमी राष्ट्रहरूको यस्तो कदमको विरुद्धमा चेतावनी दिँदै यसले युक्रेन युद्धमा नेटो सैन्य गठबन्धनको प्रत्यक्ष सहभागितालाई प्रतिनिधित्व गर्ने बताएका थिए ।

बेलायत र फ्रान्सले बाइडेनको निर्णयप्रति प्रतिक्रिया जनाएका छैनन् । एटीएसीएमएस ३ सय किलोमिटर टाढासम्म पुग्न सक्छ । उच्च गतिको कारण तिनीहरूलाई अवरोध गर्न गाह्रो हुन्छ ।

युक्रेनले अमेरिकाबाट आयात गरिएका त्यस्ता क्षेप्यास्त्रको प्रयोगमा तोकिएको सीमा खुकुलो पारिदिन वाशिङ्टनलाई बारम्बार आग्रह गर्दै आएको थियो । अमेरिकाले लामो दूरीका अमेरिका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिएकाले रुसले गरेको आक्रमणको प्रतिकार गर्दा आफ्नो हात बाँधिएको युक्रेनी अधिकारीहरूले बताउँदै आएका थिए ।

यद्यपी रुसले बाइडनको टिप्पणीबारे कुनै प्रतिक्रिया दिएको छैन । तर रुसी राष्ट्रपति पुटिनले पहिले नै त्यस्तो कार्यले व्यापक र गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिइसकेका छन् ।

रुसले सन् २०२२ को फब्रुअरीमा युक्रेनमा पूर्ण रूपको आक्रमण सुरु गरेदेखि नै अमेरिकाले द्वन्द्व बढ्न सक्ने ठानेर रुसको भित्री क्षेत्रमा पनि प्रहार सकिने अस्त्रहरू युक्रेनलाई आपूर्ति गर्न वा प्रयोग गर्न अनुमति दिन हिचकिचाइरहेको छ । यद्यपि अमेरिकाले त्यस्ता क्षेप्यास्त्र प्रयोगमा लगाइएको प्रतिबन्धलाई केही खुकुलो पारिदिएको छ ।