काठमाण्डु – धनगढीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आत्मदाह प्रयास गरेका धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरीको उपचार लागि काठमाण्डु लैजाँदा बाटोमै मृत्यु भएको हो।
चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगलागीपछि परिवारका सदस्यले तत्काल सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
गम्भीर अवस्थाका चौधरीलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर आफन्तले काठमाण्डु लैजाने निर्णय गरेपछि एम्बुलेन्समार्फत लैजाँदै गर्दा आइतबार राति बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आत्मदाहको कारणबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया