भिटेन उच्च अदालतमा हाजिर


काठमाण्डु – प्रहरीको खोजीमा रहेका चर्चित र्यापर भिटेन अर्थात समिर घिसिङ अदालतमा उपस्थित भएका छन् । विवादास्पद र्याप गीत गाएर विवादमा आएका भिटेन मंगलबार उच्च अदालत पाटनमा हाजिर भएका छन् ।

भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा सुनवाई सकिएको छ । आदेश आउन बाँकी रहेको अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement