पाठेघरको क्यान्सर विरुद्धको एचपीभी अभियानको छैठौं दिन १० लाखलाई खोप

पाठेघरको क्यान्सर विरुद्धको एचपीभी अभियानको छैठौं दिन १० लाखलाई खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको एचपीभी खोप अभियान छैठौं दिनसम्म आइपुदा १० लाख किशोरीले खोप प्राप्त गरेका छन् ।

२ हप्ता लामो अभियानका क्रममा १७ लाख किशोरीहरूलाई खोप लगाउने लक्ष्य राखिएको थियो तर छोटो अवधिमै अभियानले प्रगति हासिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै लाग्न नदिन सजगताका उपाय अपनाउने नीतिअन्र्तगत सुरु अभियानले राम्रो गति लिइरहेको भन्दै स्वास्थ्यकर्मीप्रति आभार प्रकट गरेका छन् ।

‘क्यान्सरको जोखिम कम गर्न निरोधात्मक अन्तर्गत किशोरीहरूको जीवनरक्षाको पवित्र अभियानलाई यति महत्त्वपूर्ण उचाइमा ल्याइपुर्‍याउनुका साथ दिनुहुने स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारमाध्यम लगायत सम्बद्ध सबैलाई हार्दिक आभार,’ मन्त्री पौडेलले भनेका छन् ।

मन्त्री पौडेलले अबको बाँकी दिन खोपबाट छुटेका तथा विद्यालयबाहिर रहेका किशोरीहरू खोप लगाउन नछुटून् भन्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित रहने उल्लेख गर्दै आफ्नो वरपरका छुटेकाहरूलाई खोप लगाउने कार्यमा पनि सकारात्मक सहयोग अपेक्षा गरेको उल्लेख गरेका छन् ।

विश्व क्यान्सर दिवसको दिन गत माघ २२ गतेबाट सुरु गरिएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा १०–१४ वर्षसम्मका किशोरीहरूलाई खोप दिइएको छ ।