काठमाण्डु उपत्यकामा ६० प्रतिशत काेराेना सङ्क्रमित

काठमाण्डु उपत्यकामा ६० प्रतिशत काेराेना सङ्क्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सोमबार देशभर एक हजार ३५१ जनामा सङ्क्रमण देखिँदा काठमाडौँ उपत्यकामा मात्रै ठूूलो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डुमा ६४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो सङ्ख्या सोमबार देशभर थपिएको कुल सङ्क्रमित सङ्ख्याको ६०.४७ प्रतिशत हो । काठमाण्डुमा मात्र देशभर सङ्क्रमण देखिएको सङ्क्रमित सङ्ख्याको ४८ प्रतिशत रहेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।