साढे चार लाखसम्म कमाउनेलाई कर छुट

साढे चार लाखसम्म कमाउनेलाई कर छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले व्यक्ति र दम्पतीले आयकर छुट पाउने आम्दानीको सीमा बढाएको छ। आगामी आर्थिक वर्ष ०७६ ७७ को बजेटमा आयकर नलाग्ने दरको आम्दानीको सीमा बढाएको उल्लेख छ।

अहिलेसम्म व्यक्तिको वार्षिक तीन लाख ५० हजार र दम्पतीको चार लाख रुपैयाँसम्मको आयकर लाग्दैन। नयाँ बजेटमा यसको सीमा ५० हजार रुपैयाँले बढाइएको छ। नयाँ आर्थिक वर्षमा वार्षिक चार लाखसम्म आम्दानी गर्ने व्यक्ति र चार लाख ५० हजारसम्म आम्दानी गर्ने दम्पत्तीले आम्दानीको एक प्रतिशत सामाजिक सुरक्षा करमात्र तिरे पुग्छ।

आयकरका दरहरू पनि यथावत् छन्। २० लाभन्दा माथिको करयोग्य आयमा लाग्ने अतिरिक्त कर कायमै छ। त्यसैगरी सेयर लगानीकर्तालाई प्रोत्साहित गर्न प्राकृतिक गर्न प्राकृतिक व्यक्तिलाई लाग्ने करको ५ प्रतिशत कायम गरिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।