काठमाण्ड – भेनेजुएलामा छोटो समयको अन्तरालमा आएका दुई वटा शक्तिशाली भूकम्पले कैयौँ भवनहरू भत्किएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्प ७.२ र दोस्रो ७.५ म्याग्निट्यूड मापन गरेको छ। पहिलो भूकम्पको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प आएको थियो।
भूकम्पपछि मानिसहरू घर बाहिर निस्किएका थिए। अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे बुझ्ने काम भइरहेको बताएका छन्।
भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सि रोड्रिगेजले आपत्काल घोषणा गरेकी छन्। राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि डेल्सि रोड्रिगेजले देशको नेतृत्व गरिरहेकी छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले मृतकहरूको सङ्ख्या १०,००० नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको जनाएको छ।

















प्रतिक्रिया