काठमाण्डु- भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार ९४३ जना पुगेको छ ।
भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले पुष्टि गर्दै १० हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका थिए ।
प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अहिले सम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भए देखि ६ हजार ४६१ जनालाई उद्धार गरिएको बताएका छन् । उनका अनुसार भूकम्पमा परी हजारौ मानिसहरु अझै बेपत्ता रहेका छन् ।
संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरुको खोजी तथा उद्धार कार्य जारी छ ।




प्रतिक्रिया