भेनेजुएला संकट : मानविय सहायता बोकेको अमेरिकी सैन्य जहाज कोलम्बिया पुग्यो 


काठमाडौं –भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विदेशी सहायता इन्कार गरिरहेका बेला अमेरिकाले मानविय सहायता बोकेको सैन्य जहाज पठाएको छ ।  अमेरिकी सैन्य विमान कोलम्बियाको सीमा सहर कुकुतामा अवतरण गरेको बिविसीले जनाएको छ । 

यूएसएडका प्रशासक मार्क ग्रिनले भेनेजुएलाका विपक्षी नेता जन गुइदोको आग्रहमा मानवीय सहयोगका लागि अमेरिकाले सहायताका सामग्री पठाएको बताए । 

भेनेजुएलामा देखापरेको मानवीय संकटको सहयोगका लागि अमेरिकी सैन्य विमान कुकुता शहर पुगेपनि भन्दै अमेरिकी सैन्य विमान कुकुता शहर पुगेपनि राष्ट्रपति निकोलस मादुरोले भने त्यसलाई भेनेजुएला छिर्न नदिने बताएका छन् । 

तर विपक्षी नेता गुइदोले भने भेनेजुएलाका स्वयंसेवकहरुले मानवीय सहायता सामग्री सीमा पार गराउने बताएका छन् । दुवै नेताको यो प्रतिस्पर्धाले भेनेजुएलामा अझै अशान्ती हुने सम्भावना बढेर गएको छ ।  

अमेरिकाले मानविय सहायताका नाममा अमेरिकाले भेजेजुएलामा सैन्य हस्तक्षेप गर्न खोजेको मादुरोको आरोप छ । अमेरिकाले ३० लाख जनता खाना र औषधीको अभावपछि छिमेकी मुलुक पुगेको भन्दै मानविय सहायता गरेको बताउंदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement