भोलिदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइँदै


काठमाण्डु – ललितपुर महानगरपालिका बिहीबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।

महानगरपालिकाका अनुसार विभिन्न समयमा पहिलो डोज लगाएर दोस्रो डोज लगाउने समयावधि पुगेका नागरिकलाई दोस्रो डोज खोप दिन लागिएको हो ।

महानगरपालिकाले विज्ञप्तिमार्फत दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरूका लागि मंसिर २ र ३ गते (बिहीबार र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्रा लगाउन लागिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement