ललितपुर – निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी बायनेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा भायनेट महामहोत्सव अफर सार्वजनिक गरेको छ ।
ग्राहकका लागि तीव्रगति, बचत र रोमाञ्चक अफर ल्याउँदै भायनेटले आफ्नो अफरलाई आकर्षक बनाएको जनाइएको छ ।
महामहोत्सव अन्तर्गत ग्राहकले १२५ एमबीपीएसको सट्टा त्यहीँ मूल्यमा २०० एमबीपीएस गति प्राप्त गर्न सक्नेछन्, जसको मूल्य ८ हजार ९९९ रुपैयाँ मात्र छ । भायनेटले अहिलेका १२५ एमबीपीएस खरिद गरेका वार्षिक ग्राहकलाई पनि २०० एमबीपीएसमा अद्यावधिक गरिसकेको छ ।
भायनेटले ग्राहकको घरभरि वाइफाई कभरेजका लागि वाइफाई राउटरमा २ वटा सेट १ सेटकै मूल्यमा दिने भएको छ, जसका लागि ३ हजार रुपैयाँ (भ्याटसहित) अतिरिक्त मूल्य तिर्नुपर्नेछ । भायनेट ३ महिनाभन्दा बढी नवीकरण अथवा जडान गर्ने ग्राहकहरूले विभिन्न टीभी र मशिनमा २८% सम्म छुट पाउनेछन् ।
प्रतिक्रिया