भायानेटले ल्यायो १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी मात्र १२५० मा 


काठमाण्डु – इन्टरनेट सेवा प्रादायक कम्पनी भायानेटले आफ्ना ग्राहकहरुका लागि अल्ट्रा–फाई लाइनका विभिन्न अफरहरु ल्याएको छ । अल्ट्रा–फाईअन्तर्गत भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको हो । जसमा अन्तर्गत भायनेटले न्यूनतम मूल्यमा प्रयोगकर्ताहरुलाई उच्चतम इन्टरनेट स्पीड दिने छ ।

यस सिरिजकाे मुख्य अफर १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिंदा प्रतिमहिना मात्र १२५० पर्न आउँछ ।

यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ, जुनकारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लानमध्ये एक बनेको छ ।

सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यप्रति भायानेट निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्ड विथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड ओएनयुएस( अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।

अहिले भायानेटले प्रदान गरिरहेको ओएनयुएस मेश सपोर्ट गर्न सक्षम भएको र चाँडै नै ग्राहकहरुको लागि किफायती मेशवाईफाई ल्याउने तयारी भइरहेको भायानेटले जनाएको छ ।

अल्ट्रा–फाई अन्तर्गतका मूल्य सूची:

प्रतिक्रिया दिनुहोस
Advertisement