पत्रपत्रिका

उपकुलपतिले घुस लिए, भतिजाले राखे

काठमाडौँ – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारले बिहीबार घुसबापत आठ लाख रुपैयाँ आफैले बुझेका थिए ।उनले पैसा बुझेपछि भतिजा डा। रामहरि रौनियारलाई बोलाए । मेडिकल अफिसरको रुपमा कार्यरत डा। रामहरि पैसा लिएर निवासतर्फ गए ।

उनी करिब साढे चारबजेतिर पैसा निवासमा राखेर पुनः बुलेट बाइक चढेर उपकुलपति कार्यालय प्रवेश गरेका थिए । लगत्तै अख्तियारको टोलीले छापा मारेको थियो ।

अख्तियार टोलीले पक्राउ गरेर लगेपछि डा. रामहरिको बुलेट बाइक शुक्रबार पनि उपकुलपति कार्यालयअघि बेवारिसे अवस्थामा छ । काका उपकुलपति भएपछि प्रतिष्ठानमा उनको अनावश्यक सक्रियता र हस्तक्षेप बढेको भन्दै चर्चा र असन्तुष्टि व्याप्त थियो ।

प्रतिष्ठानमा थुप्रै भौतिक संरचनाहरु निर्माणाधिन छन् । प्रतिष्ठानको भवन निर्माण तथा मेसिन खरिदका बेला करोडौँ घोटाला हुने गरेको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top