उपकुलपति कोइरालाले अनुमति लिनु भएको छैन : शिक्षा मन्त्रालय


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको जनाएको हो ।

क्यानडामा हुन लागेको संस्कृत सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदै गरेका कोइरालालाई शनिबार साँझ विमानस्थलबाट फर्काइएको थियो । कोइरालालाई विमानस्थलबाट अपहरण शैलीमा प्रधानमन्त्री निवासमा ल्याएर राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला शिक्षा मन्त्रालयले कोइरालाले अनुमति नलिएको जनाएको हो  ।

प्रतिक्रिया दिनुहोस
Advertisement