काठमाण्डु – नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियारको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’को भिडियो डिजिटल बजारमा यूट्युबमार्फत सार्वजनिक भएको छ ।
गीतमा प्रेमीप्रेमिकाबीचको मायालाई निकै आकर्षक रूपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आमदर्शक तथा स्रोताले ‘कलकल बगेको खोली’ गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन् ।
गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ । आफ्नो प्रेमी आफ्नो मायाको संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसी भएकी छन् ।
भिडियोमा रेशम दलामीको छायांकन, अमृत चापागाईंको सम्पादन तथा कुमार केसीको निर्देशन रहेको छ । गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभिनय छ ।
यस्तो छ भिडियो –
प्रतिक्रिया