काठमाण्डु – चलचित्र ‘बुकी’को गीत सार्वजनिक गरिएको छ ।
विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रमा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरेको हो ।
यसरी भलिबलकै बारेमा सम्भवत: बनाइएको पहिलो नेपाली गीत हो । सार्वजनिक गीतमा मोहन केसीको शब्द, दीपक शमाको संगीत छ । स्वर प्रमोद खरेल र रचना रिमालको छ । भलिबलका लागि सम्पूर्ण जीवन नै समर्पित गरेको कथामा गीत बनेको छ । भलिबल खेलेरै देश चिनाउँछु र आफू पनि चिनिन्छु भन्ने मर्म बोकेको गीत मुख्यत: खेलाडीहरूप्रति समर्पित छ ।
खेलका लागि त्याग र तपस्या गर्ने खेलाडीको सम्मानका लागि तयार गीत भलिबलको राष्ट्रिय गीत बनाउन नै योग्य छ ।
भिडियोले गीतमा प्राण भरेको छ । भलिबलप्रति खेलाडीले देखाएको समपर्ण, राम्रो खेलाडी बन्न गरेको अभ्यास र प्रतियोगिता तथा भलिबलप्रति रहेको आकर्षणले गीतलाई उत्कृष्ट बनाएको छ ।
हिमाली र उच्च पहाडी गाउँमा भलिबलप्रति रहेको आकर्षणलाई गीतले प्रस्ट पारेको छ । गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् ।
भिडियोमा बाग्लुङको ढोरपाटन र आसपासका सुन्दर क्षेत्रहरूलाई सुन्दर ढंगले खिचिएको छ ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्र ‘बुकी’मा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
चलचित्रको छायांकन काठमाण्डु, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन लगायतका रमणीय क्षेत्रमा गरिएको छ ।
लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को–प्रोडुसरका रूपमा रहेका छन् ।
चलचित्रमा आशुका अर्याल एशोसिएट डिरेक्टर, आचार्य गोपाल चिफ असिस्टेन्ट डिरेक्टर, सहायक निर्देशकमा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी छन् ।
विकास गन्दर्भको डीओपी रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । श्याम मल्लको शृंगार र थम्मन थापाको प्रोडक्सन हेडिङ रहेको छ ।




प्रतिक्रिया