काठमाण्डु– नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले आफू कुनै गुटमा नरहेको स्पष्ट पारेका छन् ।
कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले आफू पार्टी एकता चाहने मान्छे भएको बताएका हुन् ।
उनले भने ‘साउन ६ गते म बडो दुविधामा थिएँ । ३१ गते दुविधामा गएको विराटनगर भाषण गर्न,’ गच्छदारले भने, ‘म दुविधामा छु । किनभने म पार्टी एकता चाहने मान्छे हुँ । म कुनै गुटमा छैन । म गुटमा सामेल हुँदाहुँदा, पार्टी विभाजन आफ्नै आँखा अगाडि विभाजन देखेको र पीडा भोगेको छु,’
आफू करुणा र भावनायुक्त मानिस भएको पनि उनले बताए । उनले भने, ‘गिरिजा दाइको क्षेत्र अलग हुँदा आँसु बगेको थियो । अहिले कांग्रेस करुणाहीन बनेको छ ।’




प्रतिक्रिया