जनयुद्ध नेपालको इतिहास हाे : महासचिव विप्लव


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधीकरण गर्नेलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ थियो । उनले भने, ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र। २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो। तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ यहाँ। त्यो पनि अपवाद हो। जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो। यो जनताले लडेको युद्ध हो। सुकुम्बासी, महिला,मजदुर,श्रमिक जनता,एकदम पिँधमा भन्छन नि । पीडितले लडेको युद्ध अपवादमा या एउटा युद्ध हो।’

महासचिव विप्लवले दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको बताए। नेपाल राष्ट्रलाई स्वाधीन बनाउने मूल उद्देश्य अन्तरगत आफूहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको उनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement