भीषण हावाहुरीबारे मौसमविद् नै अन्योलमा

भीषण हावाहुरीबारे मौसमविद् नै अन्योलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  बारा र पर्साम आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् । ठुलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अलमलमा परेका हुन् ।

‘हावाहुरी कस्तो प्रकृतिको थियो यसलाई क नाम दिने भन्नेमा हामी अन्योलमा छौँ । यसमका लागि हामीले तथ्यांक ९डाटा० मगाएर अध्ययन गर्नुपर्ने हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, ‘यो असामान्य हावाहुरी हो भन्ने निष्कर्षमा चाहिँ हामी पुुगेका छौँ ।’ यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।