रास्वपा पार्टी कार्यालय घेर्न पुगे सुकुमबासी, सुरक्षा व्यवस्था कडा

रास्वपा पार्टी कार्यालय घेर्न पुगे सुकुमबासी, सुरक्षा व्यवस्था कडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध सुकुमबासीहरुले विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका उनीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका छन् ।

बस्तीमा डोजर चलाउन रोक्न माग गर्दै सुकुमबासी वनस्थलीस्थित घन्टीघर पुगेका हुन् ।

सुकुमवासीहरू जाने भएपछि घन्टीघरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ छ ।

सरकारले भोलि थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने तयारी गरेको छ ।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले ४ बुँदे मागसहित रास्वपा सभापति रवि लामिछानेलाई ज्ञापन पत्र पनि बुझाएको छ ।