काठमाण्डु – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।
सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।
पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । उद्घाटन खेलमा सुदूरपश्चिम साविक उपाधि विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।
मंगलबार भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी शुरुआत गरेका छन् । चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले अनि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्यो ।
एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् ।
तेस्रो संस्करणको यो प्रतियोगिता आउँदो मंसिर ५ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया