भिजिविलिटी कम भएका कारण मलेसियाबाट आएको विमान कोलकाता फर्कियो


काठमाण्डु – त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ। मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको आरए–४१६ विमान अवतरण गर्न नसकेर फर्किएको छ।

त्रिभुवन विमानस्थलका अनुसार भिजिबिलिटी कम भएको भन्दै फर्किएको हो। ‘हाम्रोमा १६०० को भिजिबिलिटी थियो, उक्त जहाजले २२०० माग्यो र अवतरण गर्न नसकेर कोलकोत्ता फर्किएकाे त्रिभुवन विमानस्थलले जनाएकाे छ।’

यस्तै,आज बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement