सरकारले ल्याउन लागेको ‘भिजन काठमाण्डु-२०४०’ के हो ?

सरकारले ल्याउन लागेको ‘भिजन काठमाण्डु-२०४०’ के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले ‘भिजन काठमाडौं–२०४०’ को दीर्घकालीन एकीकृत योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

काठमाण्डु उपत्यकाको समग्र सहरी सेवा व्यवस्थापनका लागि ‘भिजन काठमाडौं–२०४०’ को अवधारणा सरकारले अघि सारेको हो ।

‘भिजन काठमाडौं–२०४०’ को दीर्घकालीन एकीकृत योजना अन्तर्गत काठमाण्डु उपत्यकाको शहरी विकासलाई व्यवस्थित, आधुनिक र प्रविधिमैत्री बनाउन एकीकृत योजना अघि बढाइने जानकारी शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै दिए ।

यसका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोरमैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउने बजेटमा उल्लेख छ ।

अब अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत गर्ने, खुला क्षेत्र विकास गर्ने र शहरी यातायात सुधार गर्ने कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गरिनेछ ।

‘भिजन काठमाडौं–२०४०’ अन्तर्गत नै सरकारले काठमाण्डु उपत्यकामा विद्युतीय सार्वजनिक बससहित ‘स्मार्ट अर्बन मोबिलिटी’ सुरु गर्ने जनाएको छ ।

काठमाण्डु उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ्ग स्टेसन, ट्र्याकिङ प्रणाली, स्मार्ट बसपार्क, सुदृढ संस्थागत व्यवस्थासहितको स्मार्ट अन मोबिलिटी कार्यक्रम ‘भिजन काठमाडौं–२०४०’मा समेटिएको छ ।

त्यस्तै, सरकारले पर्यटकीय सहर पोखराको सार्वजनिक यातायात प्रणालीमा पनि आमूल परिवर्तन ल्याउने योजना सार्वजनिक गरेको छ । पोखराका परम्परागत इन्धनबाट चल्ने सार्वजनिक सवारी साधनहरूलाई विस्थापित गर्दै पूर्ण रूपमा विद्युतीय बस सेवा सञ्चालन गर्ने व्यवस्था बजेटमा गरिएको छ ।

सहरी प्रदूषण नियन्त्रण र सार्वजनिक यातायातलाई वातावरणमैत्री बनाउने उद्देश्यले यी दुवै सहरमा दिगो यातायात प्रणालीको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट व्यवस्थापन गरिएको छ ।