भिजिट भिसा प्रकरण : सदन खुलाउन शीर्ष तीन दल सहमत, रास्वपाले भने छाडेन अडान

भिजिट भिसा प्रकरण : सदन खुलाउन शीर्ष तीन दल सहमत, रास्वपाले भने छाडेन अडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भिजिट भिसा प्रकरणले भएको संसद अवरोध खुलाउन शीर्ष तीन दलका नेताहरु सहमत भएका छन् ।

शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेताहरुबीच २ बुँदे सहमति भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको हो ।

यस्तै भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि ३० दिन भित्र छानबिन समिति गठन गरि वृहत्तर छानबिन गर्ने सहमति भएको हो ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबार दिउँसो २ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने उक्त प्रकरणमा पुरानै अडान कायम राखेको छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ ।

हस्ताक्षर पत्रमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको ठाउँ खाली राखिएको छ।