‘भम्रण वर्ष २०२०’ लाई लक्षित गर्दै सुदुपश्चिम टुर एण्ड ट्राभलद्धारा दिल्लीमा प्रचार


काठमाडौ । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सुदूरपश्चिम टुर एण्ड ट्राभलले दिल्लीमा भ्रमण वर्ष २०२० को आयोजना गर्ने भएको छ ।

दिल्लीको कर्नाट प्यालेसमा पर्यटन वर्ष २०२० सम्बन्धी कार्यक्रम हुने भएको हो । भ्रमण वर्षलाई लिएर सरकारी निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीले भ्रमण वर्ष राष्ट्रिय र अन्तर्रा्िष्ट्रय रुपमा पर्यटन प्रवद्र्धनको उपयुक्त अवसर रहेकाले यसलाई सफल पार्न सबै क्षेत्रको सहयोग चाहिने खाँचो औँल्याएका छन् ।

सुदुपश्चिम टुर एण्ड ट्राभलका संञ्चालक समितिका सदस्य माइकल क्षेत्रीले स्थिर सरकार गठन भएको र पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाइरहेको सन्दर्भमा भ्रमण वर्ष घोषणा आफैँमा अवसर भएको बताए । भ्रमण वर्ष मनाएर उल्लेख्य सङ्ख्यामा बाह्य पर्यटक आकर्षित गर्न राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय प्रवद्र्धनका विभिन्न कार्यक्रम तय गर्न सुदुपश्चिम टुर एण्ड ट्राभलको विशेष पहल रहने उनले जनाए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसंगै भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement