भिटेनको कन्सर्ट : आज भक्तपुर तताउँदै


भक्तपुर – भक्तपुरको महेश्वरीमा चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’को कन्सर्ट हुने भएको छ ।

आज (मंसिर २०) गते शुक्रबार हुन लागेको भिटेनको यो कन्सर्ट भक्तपुरमा पहिलो कन्सर्ट हो । ममता केन्द्र नेपालको आयोजनामा महेश्वरी खेल मैदानमा हुने कन्सर्टमा विभिन्न चर्चित गायक, गायिकाको समेत प्रस्तुति रहने छ ।

कार्यक्रममा भिटेनसँगै गायक सरोज लामिछाने, संन्जिब वाइवा, अमिर दोङ, सुस्मा मोक्तान, इसेन्स ब्याड, हास्यकलाकार गोकुल तामाङ, बेली डान्सर बिनु सक्य लगायको प्रस्तुति रहने आयोजक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement