पैसा कमाउन रुसी सेनामा गएका बर्दियाका विवेक युक्रेनको नियन्त्रणमा (भिडियो)


काठमाण्डु – घरमा आर्थिक अवस्था कमजोर भएर पैसा कमाउन रुसी सेनामा भर्ती भएका बर्दियाका विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा पुगेका छन् ।

युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले सामाजिक सञ्जाल ट्विटरमार्फत विवेक युक्रेनको नियन्त्रणमा रहेको जनाएका छन् ।

सल्लाहकार एन्टोनले शेयर गरेको भिडियोमा विवेकले केही बोलेको देखिन्छ । विवेकले पैसा कमाउनका लागि रुसी सेनामा भर्ती भएको बताएका छन् ।

‘मेरो परिवारमा आर्थिक समस्यामा थियो । मेरी आमासँग कुनै काम थिएन । हामीलाई पैसा चाहिएको थियो । त्यसैले यो निर्णय लिएँ,’ उनले भने ।

हेर्नुहोस् भिडियो –

प्रतिक्रिया दिनुहोस
Advertisement