‘भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई राष्ट्रपतिले दिइन् बधाई


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई बधाई दिएकी छिन् ।

बुधबार बिहान शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले किरणलाई बधाई तथा आगामी गायन करियरको शुभकामना दिएकी हुन् ।किरणले राष्ट्रपति भण्डारीसँगको छोटो भेटले अझै गायन क्षेत्रमा काम गर्ने उत्साह मिलेको बताए ।

किरण गतसाता गायन रियालिटी सो भ्वाइस अफ नेपालको विजेता बनेका थिए । उनको विजयसँगै नेपाली भाषी भुटानी समुदायमा उत्साह फैलिएको छ । उनी भुटानी शरणार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement