उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने जसपाको निर्णय


काठमाण्डु –  जनता समाजवादी पार्टी नेपाल (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।  ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
Advertisement