वर्षमानलाई भेट्न सुमेरु अस्पताल पुगे उपराष्ट्रपति पुन


काठमाण्डु – उपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुमेरु अस्पताल पुगेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुधबार बिहान उपराष्ट्रपति त्यहाँ पुगेका हुन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपनि अस्पताल पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement