भलिबल प्रतियोगिताको उपाधी राष्ट्रसेवक कर्मचारीको टिमलाई – KathmanduPati
खेलकुद

भलिबल प्रतियोगिताको उपाधी राष्ट्रसेवक कर्मचारीको टिमलाई

कास्की – संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी
प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा बुधबारदेखि संचालित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी राष्ट्र सेवक कर्मचारीहरुको टिमले जितेको छ ।

dish home

संविधान दिवसलाई थप रचनात्मक एवम् प्रभावकारी ढंगले मनाउने उद्धेश्यले विविध कार्यक्रमहरुसँगै आयोजना गरिएको उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगिताको फाइनल खेलमा
राष्ट्रसेवक कर्मचारीहरुको टिमले पश्चिमाञ्चल खेलकुद विकास समितिका पदाधिकारीहरुको
टिमलाई पराजित गर्दै उपाधी हात पारेको हो ।

उपाधी जित्न सफल टिमका खेलाडीहरु तथा प्रशिक्षकलाई बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले संयुक्त रुपमा शिल्ड, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान दिवसलाई यस वर्ष थप प्रभावकारी एवं उल्लासमय तवरले मनाउने उद्धेश्यका साथ प्रदेश सरकारद्धारा उक्त भलिवल प्रतियोगिताको समेत आयोजना गरिएको बताए । उपाधी हात पार्ने टिम र उपविजेता टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै व्यवस्थापनको जिम्मा पाएको गण्डकी
प्रदेश प्रहरी कार्यालयप्रति समेत उनले आभार प्रकट गरे ।

उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगितमा मुख्यमन्त्री तथा प्रदेश स्तरीय मन्त्री र सांसदहरुको टिम, राष्ट्रसेवक कर्मचारी, पत्रकार एवं सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, पश्चिमाञ्चल खेलकुद विकास समिति र पर्यटन तथा उद्योग व्यवसायीहरुको गरी जम्मा ५ टिम सहभागी थिए ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top