आर्मी महिला लिग भलिबलकाे शीर्ष स्थानमा


काठमाडौ‌ं–नेपाल आर्मी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको अग्रस्थानमा रहन सफल भएको छ।

आर्मीले अपराजित रहदै ३ खेलबाट ९ अंक जोडेको छ । सोमवार भएको खेलमा आर्मीले आयोजक ढोरपाटनलाई २५–३,२५–७ र २५–४ को सोझो सेटमा हरायो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा श्रीगाँउ खेलकुद विकास समिति दाङले मश्रित नतिजा निकाल्यो । पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)लाई २५–९,२५–१८ र २५–११ को सोझो सेटमा हराउदा दोश्रो खेलमा बलियो टिम एपीएफसँग २५–२०, २५–११ र २५–८ को सोझो सेटमा पराजित भयो।

प्रतियोगितामा श्रीगाँउले ४ खेलबाट ९ अंक जोड्दा साबिक बिजेता एपीएफले ३ अंकका साथ बिजयी सुरुवात गरेको छ । सोमवारको अन्तिम खेलमा पुलिसले सेबलाई २५–१३,२५–१३ र २५–९ को सोझो सेटमा हरायो । सेबले ४ खेलबाट ६ अंक जोड्दा पुलिसले पनि ३ अंकका साथ बिजयी यात्रा अगाडि बढाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement