तिलोत्तमा गोल्डकप: आयोजक रुपन्देही-११ लाई हराउँदै सुदूरपश्चिमको पहिलो जित


रुपन्देही – शनिबारबाट बुटवलमा सुरु भएको तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिम–११ ले तिलोत्तमा गोल्डकपमा विजयी सुरुवात गरेको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा शनिबारदेखि सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी भएको छ ।

यो जितसंगै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आयोजक रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सुदूरपश्चिमका लागि पहिलो गोल जर्सी नम्बर–११ का फागुराम थारुको खेलको ३१ औं मिनेटमा गरेका हुन् ।

थारुले खेलमा दुई गरेका छन् । खेलको सुरुवातदेखिनै रुपन्देहीमाथि दवाव दिएको सुदुरपश्चिमका लागि पहिलो हाफको ३१ औं मिनेटमा जर्सी नम्बर ११ का फागु चौधरीले डि बक्स लाइनमा पाएको फ्री किकमा गोल गरेका थिए ।

पहिलो हाफ एक शुन्यमा सकिएको थियो । दोस्रो हाफको सुरुवाती मिनेटमै प्राप्त फ्रीकिकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका जर्सी नंंं १० का स्वाम्या हार्दिकले आफ्नो टिमका लागि गोल गर्दै अग्रता दोब्बर बनाउन सफल भएका थिए । जर्सी नम्बर ११ का थारुले दोस्रो हाफको २३ औं मिनेटमा थप एक गोल गर्दै टिम स्कोर ३–० बनाएका हुन ।

खेलको अतिरिक्त समयमा रुपन्देहीले सान्त्वना गोल गर्न सफल भएको थियो । सुदूरपश्चिमको डी एरिया भित्र फल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफोनाले गोल गरेका हुन् । प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल हिमालयन शेर्पा र थ्री सटारका बीच हुने छ । प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

facebook sharing buttontwitter sharing buttonsharethis sharing buttonemail sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonweibo sharing button
a

प्रतिक्रिया दिनुहोस
Advertisement