बजेट खर्च हुने आधारहरू देखिँदैनन् : सांसद वाग्ले

बजेट खर्च हुने आधारहरू देखिँदैनन् : सांसद वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरू नभएको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अंकको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरूलाई लागेको बताए ।

उनले भने, ‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन् । तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ । तर यो पनि १५–१६ खर्बभन्दा बढी खर्च हुने आधारहरू छैनन् । अंकको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ ।’

राजस्वका विभिन्न कुराहरू पनि पत्यारिलो नभएको उनको भनाइ छ ।