वाइडबडी जहाज प्रकरणबारे पर्यटनमन्त्री अधिकारीले दिए यस्तो स्पष्टीकरण


काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजबारे उठेका समसामयिक विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।

मन्त्री अधिकारीले विमान खरिद प्रकरणमा आफ्नो कुनै संलनता नहुँदा नहुँदै पूर्वाग्रही भएर आरोप लगाएको भन्दै आपत्ति जनाए। उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन् ।

निगमका वाइडबडी खरिदका सम्बन्धी प्रकृया २०७१-७२ बाटै सुरु भएको भन्दै त्यहिबेलाको बजेट वक्तव्यबाटै बजेट बिनियोजन हुँदै आएको बताए । उनले आफूले मन्त्रालय सम्हाल्नुअघि नै सो प्रकृया चालू रहेको र नेपालको हवाइसेवा सुधारका लागि थालिएको यो प्रकृयामा आफूले निरन्तरता दिएको बताए । आफूले यो प्रक्रिया रोकेको भए निगमको ९ अर्ब रुपैयाँ डुब्ने र निगम टाट पल्टने अवस्था रहेको उनले जिकिर गरे ।

उनले निगमले किनेका वाइडबडी वोलपत्र आह्वान गरेर प्रतिस्पर्धाकै आधारमा खरिद गरेको पनि दाबी गरे ।साथै उनले वाइडबडी खरिद प्रकरणमा उठेका प्रश्नहरुको निश्पक्ष छानविन गर्न पनि आग्रह गरेका छन् । त्यसमा अफ्नोतर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता पनि मन्त्री अधिकारीले जनाएका छन् ।

त्यसक्रममा मन्त्री अधिकारीले आफ्नो नौ महिने कार्यकालमा भए गरेका उपलब्धिको समीक्षा गरेका थिए ।पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले अनुसन्धानका क्रममा मन्त्रालयका कोही कर्मचारी दोषी पाइए कडा कारबाही गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement